अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फ आजबाट

रेडियो कान्तिपुर संवाददाता

मंसिर २२, २०७९ | काठमाडौं

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फ आजबाट सुरु हुँदैछ । काठमाडौंको राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डमा हुने महोत्सबमा ३० मुलुकका ६० बढी चलचित्र प्रदर्शन गरिने जनाइएको छ । महोत्सवमा डकुमेन्ट्री, फिक्सन आर्ट, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र देखाइनेछ ।

महोत्सव पहिलो दिन आज कर्णाली प्रदेशको जाजरकोटका मह सिकारीको कथा समेटिएको चलचित्र बाघको बंङ्गरा प्रिमियर हुनेछ । किम्फमा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रुपमा रहनेछन् । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ । काठमाडौँ महानगरपालिकाको सह आयोजक रहेको छ । महोत्सम आगामी सोमबारसम्म जारी रहनेछ । 


प्रतिक्रिया