गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव गर्दै

वैशाख १७, २०८० | काठमाडौं

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको आयोजनामा वृहत गजल महोत्सव हुने भएको छ ।

साहित्यका विभिन्न विधामध्ये शसक्त विधा गजलको नेपाली साहित्यमा महत्व बढाउने तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा आगामी शनिबार नेपाली भाषामा गजल महोत्सव हुन लागेको हो ।

आफ्नो सिर्जनाको गुणस्तर थाहा पाउने अवसर नपाएका गजलकारहरुलाई एकै मञ्चमा उपस्थित गराउने नगरपालिकाको लक्ष्य छ । यसअघि गत शुक्रबारसम्म प्राप्त भएका रचनाहरुमध्येबाट ४० वटा रचनाहरु छनौट हुनेछन् । छनौट भएका गजल रचनाका सर्जकहरु कार्यक्रम हुने दिन सो नगरपालिका ९ स्थित आरुबारी बैंङ्क्वेट सभाहलमा उपस्थित हुनुपर्ने आयोजकको भनाइ छ ।

कार्यक्रममा गजल वाचन तथा गायन गर्न चाहनेहरुका लागि उपलब्ध वाद्य यन्त्रसहित गायनको अवसर समेत प्रदान गरिने छ। प्रतियोगिमा प्रथम हुनेले ६० हजार, दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्तवना हुने ५ जनालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 


प्रतिक्रिया