‘पहिलो भेटमै नजर जुध्यो’ सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३, २०८१ | काठमाडौं

काठमाडौं– समाजसेवी डा. धर्मेन्द्रकुमार साहको शब्द रचनामा लभ स्टोरी गित ‘पहिलो भेटमै नजर जुध्यो’ सार्वजनिक भएको छ । तोरेम्पा हाङ्गको संगित र राजु कार्कीको एरेन्ज रहेको गितमा समिर सिटौलाले आवाज दिएका छन् ।

गीतमा पहिलो भेटमै नजर जुधेपछि दोस्रो भेटमा माया बसेको र त्यसपछि मायालुलाई जिन्दगीभर खोजिरहेको भाव व्यक्त गरिएको छ । शब्द रचनाकार साहले पहिलो भेटमा नजर जुधेपछि बसेको मायालाई प्रेमिल ढंगबाट शब्दमा उतारेका छन् ।

प्रतिभाहरुलाई उजागर गर्नका लागि नेपाली गीत संगीतमा थोरै भए पनि सहयोग गर्ने उद्देश्यले गित प्रस्तुत गरिएको साहले बताए । झापा निवासी साह गितका माध्यमबाट नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन एवं आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि गीत लेखेको बताउँछन् ।

बोलोचोक विकास समितिको आयोजनामा केही समय अघि भएको शिवसताक्षी अनलाईन सिङ्गिङ कम्पिटिसन प्रतियोगीमध्येका सिटौलाले उक्त गितमा स्वर दिएका हुन् ।

गित डिजिटल डिएस नामक अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । 


प्रतिक्रिया