रुसी सेना युक्रेनका मुख्य पूर्वी शहरमा आक्रमण बढाउँदै

जेष्ठ १६, २०७९ | कीभ

रुसी सेनाले युक्रेनका मुख्य पूर्वी शहरमा आक्रमण बढाउँदै लगेका छन् । पूर्वी डोनबास क्षेत्र कब्जा गर्ने प्रयास जारी राख्दै रुसी सेना सेभेरोडोनेक्स शहरमा प्रवेश गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको राजधानी कीभमा आक्रमण गरेपनि पूर्ण रूपमा कब्जा गर्न नसकेपछि रूसी फौजले पूर्वी डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेका हुन् । डोनबास युक्रेनको मुख्य औद्योगिक क्षेत्र हो । यसैवीच, युक्रेनलाई थप सहयोग गर्ने सम्बन्धमा निर्णय गर्न युरोपेली युनियन (इयु) को बैठक बस्ने तयारी भएको छ । बैठकलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले सम्वोधन गर्ने बताइएको छ । रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा युरोपियन युनियनका सदस्य राष्ट्रबीच सहमति भइसकेको छैन । खासगरी तेल निर्यातमा प्रतिवन्ध लगाउने इयुको तयारीमा हंगेरीले विमत्ति राख्दै आएको छ । 


प्रतिक्रिया