दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

माघ ८, २०८२ | काठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली पुरुष क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । 

श्रीलंकाको कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल श्रीलंकाको ए टोलीसँग ७३ रनले पराजित भएको हो । 

श्रीलंका ए ले दिएको २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि करण केसीले सर्वाधिक ४१ रन बनाए । यस्तै, लोकेश बम २५, कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे । 

श्रीलंका ‘ए’ का लागि नुवान थुसाराले ३ विकेट लिए । 

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपटि पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । नेपाल यसअघि पहिलो अभ्यास खेलमा पनि पराजित भएको थियो । नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल पर्सि शनिबार हुनेछ ।


प्रतिक्रिया