कांग्रेसको नयाँ केन्द्रिय कार्यसमितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा आव्हान

रेडियो कान्तिपुर संवाददाता

माघ ८, २०८२ | काठमाडौं

नेपाली कांग्रेसले आगामी निर्वाचनको तयारी लगायत बिषयमा छलफल गर्न केन्द्रिय कार्यसमितिको बैठक भोलिका लागि बोलाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पहिलो पटक बैठक बस्न लागेको हो ।

 बैठकमा पदाधिकारी र केन्द्रिय सदस्य तथा प्रदेश सभापतिहरुलाई बोलाइएको नेपाली कंग्रेसले जनाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ ।कांग्रेसले सभापति गगनकुमार थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्न सक्ने सम्भावना छ। यसैबीच, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न आफूले मध्यमार्गी बाटो लिएको दावी गर्नुभएको छ । 

विशेष महाधिवेशनको निर्णय अस्वीकार गरेको भन्दै आलोचना खेपिरहेका बेला नेता कोइरालाले चुनावी अभियानका क्रममा बोल्दै पार्टीलाई विभाजित हुन नदिन आफूले भूमिका खेलेको बताउनुभएको हो । मोरङको सुन्दर हरैचामा आयोजित घरदैलो कार्यक्रममा उहाँले आफू विशेष महाधिवेशनमा सहभागी भएको भए पार्टी विभाजित हुने दावी समेत गर्नुभएको थियो । 


प्रतिक्रिया