रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी पहाडतिर

रेडियो कान्तिपुर संवाददाता

माघ ८, २०८२ | काठमाडौं

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले मतदातासँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । मंगलबार सो क्षेत्रबाट मनोनयन दर्ता गराएसँगै शाहले पूर्वी नेपालका अन्य जिल्लामा समेत पुगेर मतदातासँगको भेटघाट गर्नुभएको छ ।

मनोनयन दर्ता गराउनु अघि जनकपुरमा आयोजित कार्यक्रममा सहभागी भएपछि झापा पुगेका शाह दुई दिनको बसाइपछि पूर्वी पहाडी जिल्ला पुग्नुभएको हो । उहाँले आज इलाम, पाँचथर र ताप्लेजुङका केही स्थानमा मतदातालाई भेट्नुभएको छ ।

शाह भोलि पाथिभरा मन्दिरमा दर्शन गर्न जान लागेको बताइएको छ । अधिकांश उम्मेदवार आफ्नो क्षेत्रमा केन्द्रित भइरहेका बेला शाह भने अन्य जिल्ला र निर्वाचन क्षेत्रमा समेत पुग्नुभएको हो ।


प्रतिक्रिया