आफ्ना सेनामाथि आक्रमण गरेपछि अमेरिका तेहरानसँग चिढियो

माघ १६, २०८० | काठमाडौं

जोर्डनमा इरान समर्थित लडाकुले आफ्ना सेनामाथि आक्रमण गरेपछि अमेरिका तेहरानसँग चिढिएको छ । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको आक्रमणपछि पेन्टागनले प्रतिकृया जनाएको हो । इरान समर्थित लडाकुले गरेको आक्रमणमा परी ३ अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएका थिए । 

आफ्नो सेनालाई बचाउन आवश्यक सुरुक्षा कारबाही गरिने अमेरिकी रक्षा मन्त्रालय पेण्टागनले जनाएको हो । अमेरिकी रक्षामन्त्री रोयड अस्टिनले भन्नुभयो, ‘हामी आवश्यक सबै सुरक्षा कारवाही गर्नेछौं ।

यद्यपि, इरानसँग युद्ध भने नचाहेको अमेरिकाले स्पष्ट पारेको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसँग युद्ध भने नचाहेको विषयमा जोड दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । गत अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएपछि अमेरिकी सेना विरुद्धको पहिलो घातक हमला भएको हो ।


प्रतिक्रिया