काँग्रेससँग सत्ता साझेदारी पछि समिक्षा गर्ने एमालेको तयारी
पुस १८, २०८१ | काठमाडौं
एमालेले काँग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने तयारी गरेको छ ।
केन्द्रीय सचिवालयको बैठकले पुस २१ देखि हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव पारित गर्दै काँग्रेस–एमाले गठबन्धनपछि सुरु भएको राजनीति समीक्षा गर्ने भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सरकारका कामलाई प्रभावकारी बनाउन सुझाव दिनुका साथै ०८४ मा एमालेलाई बलियो राष्ट्रिय शक्ति निर्माणका लागि कार्यायोजना बनाइने ज्ञवालीको भनाइ छ ।