बालगायक सचिन परियारको उपचारका क्रममा निधन
पुस १८, २०८१ | काठमाडौं
बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी १३ वर्षका थिए । सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
उनका बुवा तेजेन्द्र परियारले सचिन बिरामी रहेको र उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।
उपचारमासंलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनको निधनले दुःखी भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले एकजना बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर परेको समेत उल्लेख गर्नुभएको छ । सो घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने पाठ सिकाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।