डिफेण्डिङ च्याम्पियन जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

जेष्ठ १८, २०८१ | काठमाडौं

डिफेण्डिङ च्याम्पियन समेत रहेका विश्व नम्वर १ नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । स्पेनका रोर्वटो कार्वालेस बाएनालाई पराजित गर्दै जाकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका हुन ।

पेरिसमा भएको खेलमा सर्वियाका ३७ वर्षिय जोकोभिचले बाएनालाई ६– ४, ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । पछिल्लो नतिजासंगै फ्रेन्च ओपनको अन्तिम ३२ मा पुग्ने निश्चित भएको छ । फ्रेन्च ओपनमा ३ पटकका च्याम्पियन जोकोभिच पछिल्लो समय खराव लयबाट गुज्रिरहेका छन ।

अर्को खेलमा जर्मनिका अलेक्जेण्डर जिभेरेभले बेल्जियमका डेभिड गोभिनलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका छन । जिभेरेभले गोभिनलाई ७– ६, ७–४, ६–२ र ६–२ को सेटले पराजित गरे ।


प्रतिक्रिया