उत्तर कोरियाका १४ लाख विद्यार्थी सेनामा आवद्ध

आश्विन ३०, २०८१ | काठमाडौं

उत्तर कोरियामा १४ लाख युवा विद्यार्थी सेनामा आवद्ध भएका छन् ।

पछिल्लो समय अमेरिका र दक्षिण कोरियासँग बढ्दै गएको तिक्तता र आगामी दिनमा हुन सक्ने जोखिम विरुद्ध लड्नका लागि सो संख्यामा सेना भर्ना गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर र दक्षिण कोरिया दुवै मुलुकले दाबी गर्दै आएको पेनिन्सुला क्षेत्रमा पछिल्लो समय तनाव बढ्दै गएको समयमा ठूलो संख्यामा युवाहरु सेनामा भर्ना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत वर्ष उत्तर कोरियाले अमेरिकासँग लड्न सेना भर्ति हुन आह्वान गरेको थियो । त्यस्तै, दक्षिण कोरियाले आफ्नो मुलुकमा सुराकी गरिहेको भन्दै सो विरुद्ध समेत आफू सचेत रहेको उत्तर कोरियाको भनाइ छ । 


प्रतिक्रिया