सामाजिक सञ्जाल प्रयोगमा उमेर हद लागू गर्ने अस्ट्रेलियाको तयारी

आश्विन ३०, २०८१ | काठमाडौं

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगमा उमेर हद लागू गर्ने योजना अघि सारेको छ । 

बालबालिकामाथि हुने साइबर दुरुपयोग, मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सो योजना अघि सारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

तर, हालसम्म, कुन उमेर समूह र कुन–कुन माध्यमको सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने भन्नेबारे तय भइनसकेको जनाइएको छ । अस्ट्रेलियामा करीब ९७ प्रतिशत किशोर किशोरीले औसतमा ४ वटा सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् ।

सामाजिक सञ्जालमा उमेद हद लगाइने बारे यो वर्षको अन्त्यसम्ममा कानून बनाउने योजना रहेको जनाएको छ । विशेषगरी १४ देखि १६ वर्ष उमेर समूहलाई लक्षित गर्दै कानून बनाइने आंकलन गरिएको छ ।

यो प्रतिबन्धले विशेषगरी आप्रवासी, यौनिक तथा अल्पसंख्यक समुदायका किशोर किशोरीलाई विशेष प्रभावपर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 


प्रतिक्रिया