आजका मुख्य समाचार (कार्तिक १, २०८१)

कार्तिक १, २०८१ | काठमाडौं

अदालतको अवहेलना मुद्दामा बार एसोसिएसनका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश, बार र वेञ्चबीच फेरि विवाद बढ्ने सङ्केत

स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार चयन गर्दा महिलालाई प्राथमिकता दिन निर्वाचन आयोगको आग्रह, नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

बाढीपहिरोले पुल तथा सडकमा क्षति गरेपछि चीनसँग जोडिएका प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट हुँदै आएको व्यापार लगभग ठप्प

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना र अवामी लीगका नेता लगायतविरुद्ध पक्राउ पूर्जी जारी, विद्यार्थी आन्दोलनका क्रममा व्यक्ति हत्या गरेको आरोप

महिला टी–२० विश्वकप क्रिकेटको नवौं संस्करणको सेमिफाइनलमा दक्षिण एसियाली टीम पुग्न सकेनन्, पुरुष क्रिकेटको तुलनामा लगानी कम हुँदा प्रदर्शन खस्किँदै


प्रतिक्रिया