तराई मधेश द्रुतमार्गको लेनडाँडास्थित सुरुङमार्ग छिचोलियो

फाइल फोटो  

असार २०, २०८१ | काठमाडौं

काठमाडौँ तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडा स्थित सुरुङमार्ग छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ्ग मध्ये १ हजार ६ सय १२ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङ्गमार्ग छिचोलिएको हो ।

सो सुरुङ्ग छिचोल्ने कार्यको प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट निरीक्षण गर्नुभएको थियो ।

सोही क्रममा उहाँले पूूर्वाधार निर्माणमा सरकारले दिएको जिम्मेवारी अनुसार सेनाले गम्भिरतापूर्वक काम गर्दै आएको बताउनुभयो ।

यसअघि अघिल्लो महिना काठमाडौँबाट निजगढतर्फ जाने र निजगढबाट काठमाडौँतर्फ आउने दुई वटा सुरुङ्गमार्ग छिचोलिएको थियो ।   


प्रतिक्रिया