निर्वाचन प्रतिस्पर्धा नछाड्ने बाइडेनको उद्घोष

असार २०, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी कार्यकालका लागि हुने निर्वाचन प्रतिस्पर्धा नछाड्ने उद्घोष गर्नुभएको छ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको बहसमा निकै कमजोर रुपमा प्रस्तुत भएको भन्दै आलोचना खेपेका राष्ट्रपति बाईडेनलाई चुनावी प्रतिस्पर्धा छाड्न दबाब बढेको थियो ।

राष्ट्रपति बाईडेन तन्दुरुस्तीका साथ उपराष्ट्रपति कमला ह्यारिससँगै चुनावी अभियानमा प्रस्तुत हुनुभएको बीबीसीले उल्लेख गरेको छ । उहाँ ह्वाईट हाउसमा उपराष्ट्रपति ह्यारिससँगै सहभागी हुनुभएको थियो ।

राष्ट्रपति बाइडेनलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहेको प्रमाणित गर्न उहाँकै पार्टीबाट दबाब बढेको थियो ।

आगामी कार्यकालका लागि बाइडेन शारीरिक तथा मानसिक रुपमा सक्षम हुन्छन वा हुंदैनन् भन्ने विषयमा अधिकांश डेमोक्र्याट मतदाताहरु चिन्तित रहेको चुनावी सर्वेक्षण समेत सार्वजनिक भएको छ ।


प्रतिक्रिया