जमैकामा शक्तिशाली आँधीमा परि ७ जनाको मृत्यु

असार २०, २०८१ | काठमाडौं
क्यारिबियन टापु राष्ट्र जमैकामा आएको शक्तिशाली आँधीमा परि कम्तिमा सात जनाको मृत्यु भएको छ ।
प्रतिघण्टा २ सय २० किलोमिटरको तेजमा आएको आँधीमा परि उनिहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
अत्याधिक तेज गतिमा आएको सो आँधी केम्यान टापुहरूसम्म पुग्ने अनुमान गरिएको छ ।
आँधी प्रभावित क्षेत्रमा कर्र्पू लगाइएको छ । प्रधानमन्त्री एन्ड्रयू होलनेसले आँधीबाट बच्नको लागि सावधानी अपनाउन सचेत गराउनु भएको छ ।