क्यानडाको रक्षा विभाग प्रमुखमा लेफ्टिनेन्ट जनरल जेनी नियुक्त

असार २०, २०८१ | काठमाडौं

क्यानडाले मुलुकको रक्षा विभागमा लेफ्टिनेन्ट जनरल जेनी क्यारिग्ननलाई प्रमुखको रूपमा नियुक्त गरेको छ । उहाँ क्यानडाको रक्षा विभागको सर्वोच्च पदमा पुग्ने पहिलो महिला हुनुहुन्छ ।

त्यहाँको संघीय सरकारले क्यारिग्ननलाई रक्षा प्रमुखको रुपमा नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हाल उहाँ सेनाको व्यावसायिक आचरण र संस्कृति प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । 

सेनाको उच्च पदमा रहेका केही अधिकारीहरु यौन दुव्र्यवहारको केसमा परेपछि क्यानडामा सो पद सिर्जना गरिएको बताइन्छ । 

सन् २०२१ मा यौनदुव्र्यवहारको आरोप लागेपछि धेरै उच्च पदस्थ नेताहरू पदबाट राजीनामा दिन बाध्य भएका थिए ।


प्रतिक्रिया