बेलायत भएको आम निर्वाचनमा लेवर पार्टी बहुमत उन्मुख

असार २१, २०८१ | काठमाडौं

बेलायतमा भएको आम निर्वाचनमा लेबरपार्टीले भारी मत सहित अग्रता कायम गरेको छ । प्रारम्भिक मतपरिणम अनुसार सर केयर स्टारमरको लेबर पार्टीले ४ सय ८ सिट जितेको छ ।

प्रधामन्त्री ऋषि सुनको कन्जरभेटिभ पार्टीले १ सय १२ लिबरल डेमाक्र्याटले ६९ सिट जितेको छ । निर्वाचनबाट तल्लो सदन हाउस अफ कमन्समा ६ सय ५० जना नयाँ सांसदहरु चुनिने छन ।

हाउस अफ कमन्समा बहुमत प्राप्त गर्नका लागि एउटा पार्टीले कम्तिमा ५० प्रतिशत सिट अर्थात ३ सय २५ सिट जित्नुपर्नेछ । यस अघि निर्वाचन पश्चात सार्वजनिक भएको मत सर्वेक्षणले लेबर पार्टीले ४ सय १० सिट जित्ने र स्टारमर प्रधानमन्त्री बन्ने प्रक्षेपण गरेको थियो ।

जारी मतगणनाले समेत सोही प्रक्षेपण अनुसार लेबरपार्टीको पक्षमा परिणाम आउने देखिएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यसैविच, लेबरपार्टीका स्टारमरले कार्यसम्पादनको राजनीतिको अन्त्य र श्रमका लागि आफ्ना प्रतिवद्धताहरु पुरा गर्ने समय आएको बताउनुभएको छ । कन्जरभेटिभ र लेबर पार्टीले बेलायतको राजनीतिमा प्रभुत्व जमाउँदै आएका छन् । यो पटकको निर्वाचनमा कन्जरभेटिभ पार्टीको लोकप्रियता खस्किएको छ । 


प्रतिक्रिया