रुस–युक्रेन युद्धलाई लिएर चीनमाथि लगाएको आरोप आधारहिन : वाङ यी

असार २८, २०८१ | काठमाडौं

चीनका विदेशमन्त्री वाङ यीले उत्तर एटलान्टिक सन्धि संगठन नेटोले रुस–युक्रेन युद्धलाई लिएर चीनमाथि लगाएको आरोपलाई आधारहिन भन्दै जवाफ दिनुभएको छ ।

उहाँले पश्चिमा संगठनलाई चीनसँग ठोक्किन नआउन चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ ।

नेटोको ७५ औं वार्षिकोत्सवको अवसरमा वासिंगटन डिसिमा आयोजित सम्मेलनमा नेटो सदस्य राष्ट्रहरु र अमेरिकाले रुस–युक्रेन युद्धमा चीनले रुसलाई सहयोग गरेको आरोप लगाएका थिए ।

नेटो सदस्य राष्ट्रका नेताहरू वासिङ्टन डीसीमा भेला भएर युद्धको घोषणा गरेपछि केही घण्टापछि वाङले यस्तो प्रतिक्रिया दिनुभएको हो । 


प्रतिक्रिया