ट्रम्पको चुनावी अभियानलाई सहयोग स्वरुप एलन मस्कद्वारा चन्दा प्रदान

असार २९, २०८१ | काठमाडौं

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचन अघि अर्वपति एलन मस्कले डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सघाउन उल्लेखनीय रकम चन्दा दिनुभएको छ ।

टेस्ला र एक्सका संस्थापक मस्कले पूर्व राष्ट्रपति ट्रम्पको लागि चन्दा दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पलाई फेरि ह्वाइट हाउसमा निर्वाचित गराउने अभियानमा सहयोग गर्दै आएको संस्था सुपर पोलिटिकल एक्शन कमिटी पीएसी मार्फत् मस्कले सो चन्दा दिनुभएको हो ।

विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका मस्कले पीएसी नामक संस्थालाई सो रकम हस्तान्त्रण गर्नुभएको हो । चन्दाको रकम भने सार्वजनिक गरिएको छैन । 


प्रतिक्रिया