इमरान खान नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको घोषणा

असार ३१, २०८१ | काठमाडौं

पाकिस्तानको सरकारले पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तेहेरिक इ इन्साफ (पीटिआई) लाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

रावलपिन्डी जेलमा रहेका खानको पार्टी पीटिआईले राज्य विरोधी गतिविधिमा संलग्न भएको भन्दै पाकिस्तान सरकारले प्रतिबन्ध लगाउने निर्णय हो ।

अदालतमा सो पार्टीलाई प्रतिबन्धकालागि मुद्दा समेत दायर गर्ने तयारी भएको छ । गत वर्ष हिंसा भड्काउने गरि प्रदर्शन र सूचना चुहावट लगायत राजद्रोहको आरोपमा पीटिआईलाई प्रतिबन्ध लगाउने तयारी भएको हो ।

सरकारले खानसहित वरिष्ठ नेता एवम् पूर्व राष्ट्रपति आरिफ अल्भी र उपसभामुख कासिम सुरी विरुद्ध समेत राज्य द्रोहको मुद्दा चलाउने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया