थाइल्याण्डले ९३ देशलाई आफ्नो देशमा विना भिसा निशुल्क प्रवेश दिने

श्रावण १, २०८१ | काठमाडौं

खस्केको पर्यटन उद्योगलाई उकास्न थाइल्याण्डले ९३ देशका नागरिकलाई विना भिसा निशुल्क प्रवेशको लागि अनुमति दिने भएको छ ।

विगतमा ५७ देशलाई विना भिसा पनि थाइल्याण्डमा प्रवेश गर्ने अनुमति दिइएको थियो भने अहिले सो सेवा थप ९३ मुलुकका नागरिकका लागि विस्तार गरिएको हो ।

सो नियमअनुसार तोकिएका देशका पर्यटकहरुले निशुल्क भिसामा ६० दिनसम्म थाइल्याण्डमा बस्न पाइने बीबीसीले जनाएको छ ।

निशुल्क भिसा सेवा पाउनेमा युरोपका ४० देश, एसियाका भुटान, भारतसहित २८ मुलुक, उत्तर र दक्षिण अमेरिका गरी १२, ओशिनिया मुलुकमा ४ र अफ्रिकी महादेशबाट ९ मुलुक परेका छन् ।

सन् २०२४ को पहिलो ६ महिनामा थाइल्याण्डमा १७ दशमलब ५ मिलियन विदेशी पर्यटकको आगमन भएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो ।

यद्यपी, यो संख्या महामारीपूर्वको स्तरको तुलनामा कम हो ।

थाइल्याण्डमा अधिकांश चीन, मलेसिया र भारतका पर्यटक जाने गर्छन् । 


प्रतिक्रिया