नोभेम्बरमा हुने निर्वाचनमा सहभागी नहुने अमेरिकाका राष्ट्रपति बाइडेनको घोषणा

श्रावण ७, २०८१ | काठमाडौं

अमेरिकाका राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अचानकपछि हट्नुभएको छ । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा सहभागी नहुने बताउनुभएको हो ।

बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट बाहिरिएसँगै उहाँको सो कदमबारे विश्वका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

रुसले भने अमेरिकाको निर्वाचनको परिणाम भन्दा पनि युक्रेनसंगको युद्व जित्नेमा आफू केन्द्रीत रहेको जनाएको छ ।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसंग कुरा गर्दै अमेरिकाको चुनावी नतिजा भन्दा पनि युक्रेनमा सुरु गरिएको विशेष शैन्य अभियानको लक्ष्यमा पुग्नु प्राथमिकता रहेको बताउनुभएको छ ।

यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै बाइडेले रुसको आक्रमणलाई रोक्न गरेको अटल सहयोगको स्मरण गर्नुभएको छ ।

रुसबाट आफ्नो मुलुक कब्जा हुनबाट अमेरिकाले रोकेको भन्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भयानक युद्वमा समर्थन जारी राख्न आग्रह समेत गर्नुभएको छ । 


प्रतिक्रिया