म्यानमारको सेनाको क्षेत्रीय मुख्यालयमा विद्रोही सेनाको कब्जा

श्रावण १०, २०८१ | काठमाडौं

म्यानमारमा त्यहाँको विद्रोही सेनाले क्षेत्रीयस्तरमा रहेको जुन्ता सेनाको मुख्यालय कब्जा गरेको छ ।

चीनको सीमा नजिक रहेको सो सैन्य मुख्यालय आज विद्रोही समूहले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बढ्दो विद्रोहलाई रोक्न खोजिरहेको जुन्ता सेनाकालागि यो पछिल्लो सबैभन्दा ठूलो हार मानिएको छ ।

म्यानमारको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन सेना एमएनडीएएले २३ दिनको सरकारी सेनासँगको लडाइँपछि चीनको सीमाबाट करिब १२० किलोमिटर टाढा पर्ने उत्तरी शान राज्यको रणनीतिक सहर लाशियो कब्जा गरेको दाबी गरेको छ । 


प्रतिक्रिया