फ्रान्सको रेल वेमा आगजनी

श्रावण ११, २०८१

फ्रान्समा पेरिस ओलम्पिकको उद्घाटन समारोह शुरु हुनु केही घण्टा अघि तीव्र गतिको रेल वे मा आगजनी भएको छ । 

फ्रान्समा पेरिस ओलम्पिक उद्घाटन अघि यस्तो अप्रिय घटना भएको बीबीसीले जनाएको छ । रेल सञ्जाललाई क्षति गर्ने उद्देश्यले ठूलो आक्रमण गरिएको रेल कम्पनी एसएनसीएफले आरोप लगाएको छ । 

घटनाको निन्दा गर्दै फ्रान्सका यातायात मन्त्रीले संगठित क्रुर कार्य भएको टिप्पणी गरेका छन् । सो घटनाले साताभरि नै करिब ८ लाख सेवा ग्राही प्रवाहित हुने अनुमान गरिएको रेल कम्पनीले जनाएको छ । राजधानी पेरिसमा हुने पेरिस ओलम्पिकको उद्घाटन समारोहको लागि कडा सुरक्षा व्यवस्थाका बीच सो घटना भएको हो । 


प्रतिक्रिया