भेनेजुयलाका राष्ट्रपति गोन्जालेज स्पेनको शरणमा

भाद्र २३, २०८१ | काठमाडौं

राजनीतिक तनाव बढेसँगै देश छाडेर भागेका भेनेजुयलाका राष्ट्रपतीय उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण लिनुभएको छ ।

गत जुलाइ २८ मा भएको राष्ट्रपतीय निर्वाचनपछि उत्पन्न तनावबीच गोन्जालेजलाई सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उहाँ लुकेर बसिरहनु भएको थियो । 

भेनेजुयलाको सरकारले नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) लाई नियन्त्रणमा लिएर निकोलस मदुरोलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

गत जुलाईमा भएको राष्ट्रपतीय चुनावपछि भेनेजुलयामा राजनीतिक संकट गहिरिएको छ । अमेरिका, युरोपेली संघ र कतिपय ल्याटिन अमेरिकी देशले विस्तृत विवरण सार्वजनिक नगरिएको भन्दै चुनावको नतिजा अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया