अमेरिका र पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको व्यापक निन्दा

भाद्र ३१, २०८१

विश्वव्यापी रुपमा अमेरिकाले लगाएको प्रतिबन्धका विषयमा सम्बन्धीत मुलुकहरुले चासो व्यक्त गरेका छन् । जेनेभामा जारी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् UNHRC को ५७ औँ अधिवेशनमा चिनियाँ प्रतिनिधिले चीनमाथि अमेरिका र अन्य देशहरुले लगाएको एकतर्फी प्रतिबन्धले अन्तराष्ट्रिय कानून उलंघन गर्ने, चिनियाँ जनताको मानवअधिकारमा नकारात्मक असर पार्ने बताए । 

पछिल्ला केही वर्षयता अमेरिकाले चीन विरुद्ध एकपक्षीय प्रतिबन्ध लगाएको चिनियाँ पक्षको भनाई छ । विश्वव्यापी रूपमा, अमेरिकाले इरान, उत्तर कोरिया, रूस र भेनेजुएला जस्ता देशहरूमा व्यापक आर्थिक र वित्तीय प्रतिबन्धहरू लगाएको छ । प्रतिबन्धका कारण ती मुलुकहरुको व्यापार, ऊर्जा निर्यात, र बैंकिङ गतिविधिहरू प्रभावित भएका छन् ।

अमेरिका र अन्य पश्चिमा मुलुकले लगाएको एकतर्फी प्रतिबन्धहरूको सो अधिवेशनमा व्यापक निन्दा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया