राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको तयारी

भाद्र ३०, २०८१ | काठमाडौं

भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने बताउनुभएको छ ।

 दिल्लीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरीवालले पदबाट २ दिन भित्रमा राजीनामा दिने बताउनुभएको हो ।  भारतीय सर्वोच्च अदालतको आदेशपछि जेलबाट रिहा भएको २ दिनपछि केजरीवालले राजिनामा दिने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 दिल्ली विधानसभा चुनावमा जनताले आफ्नो इमानदारीता प्रमाणित गरे मात्र मुख्यमन्त्री पद स्वीकार गर्ने केजरीवालको भनाई छ । आगामी वर्षको नोभम्बरमा गर्ने तय भएको चुनाब समेत यहि वर्षको नेभेम्बरमा गराउनुपर्ने केजारीवालको माग छ । केही व्यक्तिहरुले अदालतको प्रतिबन्धका कारण आफू काम गर्न असक्षम रहेको आरोप लगाएको मुख्यमन्त्री केजरीवालको दाबी छ । 

केजरीवाललाई दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा अदालतले रिहा गर्ने आदेश दिएको थियो । यसअघि लोकसभा चुनावलाई मध्यनजर गर्दै सर्वोच्चले मे १० मा चुनाव प्रचारका लागि केजरीवाललाई २१ दिनका लागि रिहा गर्न अदालतले आदेश दिएको थियो ।

अदालतको आदेशपछि रिहा भएका केजरीवालले आफू इमान्दार भएको लागेमा ठूलो संख्यामा भोट दिएर पुनः मुख्यमन्त्रीमा चयन गर्न आग्रह समेत गर्नुभएको छ ।  


प्रतिक्रिया