पपुवा न्यु गिनीमा गोलि हानाहान हुँदा ३० जनाको मृत्यु

भाद्र ३१, २०८१ | काठमाडौं

पपुवा न्यु गिनीको एक सुन खानीमा गोली हानाहान हुँदा ३० जनाको मृत्यु भएको छ । 

विवादित सुन खानीलाई लिएर त्यहाँका आदिवासी समुदायबीच गोली हानाहान भएको स्थानीय प्रहरीलाई उद्धृत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

आपत्तकालीन अवस्था कायम राख्दै विवाद अन्त्य गर्न स्थानीय सुरक्षा अधिकारीलाई आग्रह गरिएको छ । सो क्षेत्रमा कर्फ्यु लगाउनुका साथै मदिराको प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ ।

 गत अगस्टबाट दुई आदिवासी समूदायबीच भएको विवादले उग्र रुप लिएको हो । उनीहरुबीच वार्ता असफल भएपछि आदिवासी समूदायले तीन सय बढी गोली चलाएको बताइएको छ ।

 सो क्षेत्रका भवनहरू आगो लगाइएका छन् र विद्यालय, अस्पताल र सरकारी कार्यालयहरु बन्द गरिएको छ ।


प्रतिक्रिया