भारतमा पनि देखियो 'एमपक्स' भाइरसको संक्रमण

भाद्र २४, २०८१ | काठमाडौं

 भारतमा पनि एमपक्स भाइरसको संक्रमण देखिएको छ । एमपक्स भाइरसको प्रकोप फैलिएको मुलुकबाट यात्रा गरेका एक पुरुषमा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

तर, संक्रमित व्यक्तिले यात्रा गरेको मुलुकको बारेमा भने खुलाइएको छैन । ती बिरामीलाई हाल अस्पतालको आइसोलेसनमा राखिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । एमपक्स संक्रमण देखिएसँगै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक भारतमा स्वास्थ्य सुरक्षाका उपाय कडा रुपमा लागू गरिएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म ती व्यक्तिमा भएको भाइरस संक्रमणको प्रकारबारे भने परीक्षण भइरहेको बताइए छ । हाल विश्वमा एमपक्सको क्लेड वान बी प्रकारको संक्रमण तीब्र रुपमा फैलिएको छ । यस प्रकारको संक्रमण नजिकको सामिप्यताबाट समेत सर्न सक्ने चिकित्सकले बताएका छन् ।

 एमपक्सको संक्रमण हुँदा फ्लू जस्तो लक्षण र शरीरमा पिपले भरिएको घाउ आउने समस्या देखिने चिकित्सकहरु बताउँछन् । विशेषगरी छालाको सम्पर्क तथा यौन सम्पर्कबाट यो संक्रमण सर्ने भएकाले सावधानी अपनाउन उनीहरुले अनुरोध समेत गरेका छन् ।


प्रतिक्रिया