भियतनाममा आंधीका कारण ८२ को मृत्यु

भाद्र २५, २०८१

भियतनामको उत्तरी क्षेत्रमा टाइफुन यागी नामको आंधीका कारण आएको बाढी र पहिरोका कारण मृत्यु भएकाको संख्या ८२ पुगेको छ । बाढी र पहिरोमा परि ७ सय ५२ घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । भियतनामको उत्तरी क्षेत्रमा हजारौँ मानिसहरु राहत र उद्दारको पर्खाइमा ज्यान बचाउन छतमा बसेको दृश्य देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अधिकारीले उत्तरी प्रान्तका ४ सय १ वटा नगरपालिकामा बाढी र पहिरोको चेतावनी समेत जारी गरेको छ । आंधीले भियतनामको उत्तरपूर्वी तटमा प्रहार गर्दा औद्योगिक तथा आवासीय क्षेत्रहरूमा ठूलो विनाश निम्त्याएको छ । स्थानीयसञ्चारमाध्यमका अनुसार सो क्षेत्रका अधिकांश नदीहरूले खतराको तह पार गरेका छन् । जसका कारण ग्रामिण इलाका र आवासीय क्षेत्रहरू डुबानमा परेका छन् । भियतनाममा विध्वंश मच्चाउनुअघि यागीले चीनको दक्षिणी क्षेत्र र फिलिपिन्समा २४ जनाको ज्यान लिएको थियो । 


प्रतिक्रिया