गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा ६ जना कर्मचारी मारिएको संयुक्त राष्ट्रसंघको दाबी

भाद्र २७, २०८१ | काठमाडौं

इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा आफ्ना ६ जना कर्मचारी मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मध्य गाजामा सञ्चालित एक विद्यालयमा भएको इजरायली हवाई हमलामाछ जना कर्मचारी मारिएको संयुक्त राष्ट्र संघीय एजेन्सीलाई उद्धृत गर्दे अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

अक्टोबर यता इजरायल–हमास युद्धमा एउटै हमलामा यती धेरै कर्मचारी मारिएको यो पहिलो पटक भएको जनाईएको छ । पछिल्लो ११ महिनायता विद्यालयमा आक्रमण भएको पाँचौ पटक भएको एजेन्सीको दाबी छ । जुलाईमा मात्र १६ जनाको मृत्यु भएको थियो ।

आक्रमणमा विद्यालयका कयौँ संरचनाहरु ध्वस्त भएको समाचारमा उल्लेख छ । अक्टोबरयता इजरायल र हमासबिच द्वन्द्व जारी छ । द्वन्द्वमा परि गाजा क्षेत्रमा ४१ हजार बढी मानिसहरु मारिएका छन् ।  


प्रतिक्रिया