भारतमा जेष्ठ नागरिकहरूलाई ५ लाखको निशुल्क उपचार योजना कार्यन्व्यनमा
भाद्र २८, २०८१ | काठमाडौं
भारतमले ७० वर्ष र सोभन्दा माथिका नागरिकहरूलाई प्रतिपरिवार ५ लाख रुपैयाँको निशुल्क उपचार योजना कार्यन्व्यनमा ल्याएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी घोषणामा गरेको प्रतिवद्धता अनुसार नागरिक निशुल्क उपचार योजना विस्तार गरेको भारतीय अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सरकारको उपचार योजनाबाट ६ करोड जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सो योजनालाई विश्वको सबैभन्दा ठूलो स्वास्थ्य सेवा कार्यक्रमको रूपमा प्रचार गरिएको छ ।
५ लाख रुपैयाँ सहयोगले गरिब परिवारहरूलाई गम्भीर प्रकारको रोगको उपचारमा सहयोग पुग्ने जनाइएको छ ।
सुरुवाती चरणमा ७० वर्ष माथिका नागरिकलाई लागु गरिए पनि क्रमिक रुपमा सबै नागरिकको पहुंचमा पुर्याइने भारत सरकारको तयारी छ ।
भारतमा चिकित्सकको अभाव प्रमुख चुनौतीको विषय बनिरहेको बेला सो योजनाले स्वास्थ्य प्रणालीलाई सुधार गर्ने अपेक्षा गरिएको छ ।