रसिया–युक्रेनयुद्धमा ३ सय उत्तर कोरियाली सैनीकको मृत्यु

पुस २९, २०८१ | काठमाडौं

रसिया–युक्रेनबीचको युद्धका क्रममा पछिल्लो पटक ३ सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ ।

 दक्षिण कोरियाका सरकारी अधिकारीहरुका अनुसार युक्रेनविरुद्धको युद्धमा सघाउन रुसीसेनामा जोडिएका उत्तर कोरियाली सैनिकको मृत्यु भएको हो । युद्धका क्रममा २ हजार ७ सय बढी सैनीक घाइते भएको दक्षीण कोरियाका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

 युक्रेनविरूद्धको युद्धमा सघाउनउत्तर कोरियाली नेता किम जोङ उनले १० हजार सैनिक रुसिया पठाएको दक्षिण कोरियाको दाबी रहेको समाचारमा उल्लेख छ ।  युद्धग्रस्त क्रुस्क क्षेत्रलाई आफ्नो भूमिमा गाभ्न रसियाले उत्तर कोरियाली सेना परिचालन गरेको बताउँदै दक्षिण कोरियाली अधिकारीले युद्धका क्रममा ३ हजार बढी उत्तर कोरियाका सैनीकको हताहाति भएको जनाएका छन् ।

 युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले २जना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुहरुसँग सोधपुछ गरिरहेकोे भिडियो जारी गरेको केही दिनपछि दक्षिण कोरियाले ३ सयजना उत्तर कोरियाली सैनीकको मृत्यु भएको बताएको हो ।

 युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूहरुको कब्जामा रहेका उत्तर कोरियाली सैनीकहरुलाई रिहा गर्न तयार भएको तर, त्यसको बदलामा रुसले यक्रेनी सैनीकलाई छाड्नु पर्ने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।   


प्रतिक्रिया