हिजबुल्लाहको साथ छाड्न लेबनानी जनतलाई इजरायली प्रधानमन्त्रीको आग्रह

आश्विन २३, २०८१ | काठमाडौं

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहको साथ छाड्न लेबनानी जनतलाई आग्रह गर्नुभएको छ ।

गाजा क्षेत्रमा भएजस्तो विनाश रोक्न हिजबुल्लाहको साथ छाड्न लेबननी जनतालाई प्रधानमन्त्री नेतान्याहुले आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

लेबननको दक्षिण–पश्चिम क्षेत्रमा हिजबुल्लाह विरुद्ध लड्नका लागि हजारौं सेना परिचालन गरिएको र कारवाही तिब्र पारिएको इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाई छ ।

यसैबीच हिजबुल्लाहका पूर्वप्रमुख हसन नसराल्लहलाई इजरायलेसुरक्षा फौजले मारेको प्रधानमन्त्री नेतान्याहुको दाबी छ । यस्तै, हिजबुल्लाहले समेत इजरेलमा रकेट आक्रमण तिब्र बनाएको छ । इजरायलकोे हाइफामा हिजबुल्लाहले आक्रमण गर्दा १२ जना घाइते भएका छन् ।   


प्रतिक्रिया