धौलागिरिमा बेपत्ता रुसी पर्वतारोहीको शव ११ दिनपछि संकलन

तस्विर सौजन्य: क्याप्टेन विवेक खड्का 

आश्विन ३०, २०८१ | काठमाडौं

धौलागिरि (प्रथम) आरोहणका क्रममा गत असोज २० गते रातिदेखि सम्पर्कविहीन भएका पाँच जना रुसी पर्वतारोहीको शव संकलन गरिएको छ ।

उनीहरू सम्पर्कविहीन भएको ११ औं दिन आज अल्टिच्यूडको हेलिकोप्टरद्वारा डोरीको सहायताले शवहरू संकलन गरी काठमाडौं ल्याइएको हो ।

सबै शवलाई सुरुमा ७ हजार ६ सय मिटर उचाईबाट धौलागिरि आधार शिविरमा ल्याइएको थियो ।

अल्टिच्यूड एयरका अनुसार, सो कम्पनीका क्याप्टेन विवेक खड्काको नेतृत्वमा परिचालन गरिएको हाई अल्टिच्यूड रेस्क्यू टिमद्वारा मृतक पाँच जनाको शव संकलन गरेर आज विहान आधार शिविर हुँदै काठमाडौं ल्याइएको छ ।

पर्यटन विभागका अनुसार गत असोज २० गते सम्र्पकविहीन भएका थिए । हेलिकोप्टर र उद्धारकर्ता पठाउँदा पनि प्रतिकूल मौसमका कारण उनीहरुको उद्धार हुन सकेको थिएन ।  


प्रतिक्रिया