प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम प्रभावितः मुख्यमन्त्री पाण्डे

आश्विन ३०, २०८१ | काठमाडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित भएको बताउनुभएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संवैधानिक व्यवस्था अनुसार प्रदेशस्तरमा प्रहरी समायोजन भइसक्नुपर्ने भएपनि अहिले समेत २०१२ सालको ऐन देखाएर समायोजना नगरिएको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था र सङ्घीयताको मर्म अनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताउनुभयो । सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भईरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

गण्डकी प्रदेश सरकारले आफु मातहत नभएपनि प्रदेश भित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेका सुरक्षाकर्मीलाई सहयोग गर्ने गरी कार्यक्रम र बजेट बिनियोजन गरेको बताउनुभयो ।


प्रतिक्रिया