चीनमा कारले ठक्कर दिंदा ३५ जनाको मृत्यु

कार्तिक २७, २०८१

चीनको जुहाई रंगशाला बाहिर एक कारले अन्धाधुन्ध ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । ४३ जना भन्दा बढी घाइते भएका छन् । रंगशाला बाहिर रहेको भीडमा कारले जथाभावि ठक्कर दिँदा सो घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६२ वर्षीय एक व्यक्तिले अन्धाधुन्द रुपमा जुहाई स्पोर्टस सेन्टर बाहिर हिँडडुल गरिरहेका स्थानीयलाई ठक्कर दिँदा सो घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । घाइते भएका ती चालक भाग्न खोज्ने क्रममा पक्राउ गरिएपनि उनी अचेत अवस्थामा रहेको बताइएको छ । उनी अचेत अवस्थामा रहेकाले समेत थप विवरण लिन नसकिएको बताइएको छ । यद्यपी, सैन्य लगायत अन्य गतिविधि आयोजना गर्ने शहरको केही दुरीमा सो घटना भएकाले समेत शंकास्पद रुपमा हेरिएको बताइएको छ । 


प्रतिक्रिया