श्रीलंकाको संसदीय निर्वाचनमा एनपीपीलाई बहुमत

कार्तिक ३०, २०८१

श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति अरुणा कुमारा दिशानायकेको गठबन्धन नेशनल पिपुल्स पावर एनपीपीले बहुमत ल्याएको छ । एनपीपीले संसदको २ सय २५ सिटमध्ये १ सय ५९ सिट जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

एनपीपीले जाफ्ना जिल्लामा जितेर इतिहास कायम गरेको छ । त्यस्तै, दिशानायकेको प्रमुख प्रतिस्पर्धी सजित पे्रमदासको गठबन्धन ४० सिटमा खुम्चिएको छ । वामपन्थी विचारधाराका राष्ट्रपतिको गठबन्धन एनपीपीले संसदमा बहुमत ल्याउने चुनावी सर्वेक्षणले देखाएको थियो । 

यस अघि संसदमा जम्मा ३ सिट रहेको राष्ट्रपति दिशानायकेको गठबन्धनलाई जनमत लिन दबाब बढेसंगै निर्धारित समय भन्दा १ वर्ष अघि श्रीलंकामा संसदीय निर्वाचन भएको हो ।  


प्रतिक्रिया