भारतको उत्तर पूर्वी राज्य मनिपुरमा द्वन्द्व चर्कियो, ६ जनाको मृत्यु

मंसिर ३, २०८१ | काठमाडौं

भारतको उत्तर पूर्वी राज्य मनिपुरमा आदिवासी समुदायबीच द्वन्द्व चर्किँदा ६ जनाको मृत्यु भएपछि हिंसा भड्किएको छ । 

मेइतेई समुदायका बालबालिका तथा महिलासहितको शव भेटिएपछि हिंसा भड्किएकाले उच्च सतर्कता अपनाएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 अल्पसंख्यक कुकी समुदायले उनीहरुलाई अपहरण गरी हत्या गरेको मेइतेइ समुदायले आरोप लगााएको छ । यद्यपी प्रहरीले भने सो घटनाको कुनै पुष्टि गरेको छैन । दुई समुदायबीच हिंसा भड्किएपछि स्थानीय प्रशासनले केही भागमा इन्टरनेट सेवा समेत बन्द गरेको छ । 

 गत शनिबार मात्र सो घटनापछि सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले समेत प्रदर्शन गरेर केही कार्यालयमा तोडफोड र आगजानी गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । मेइतेई समुदाय बाहुल्य रहेको इम्फाल उत्पयका र विष्णुपुर जिल्लामा समेत अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । 

यस्तै, हिंसा भड्कन सक्ने भन्दै संघीय सरकारले समेत उच्च सुरक्षा अधिकारीलाई प्रदेशमा पठाएको छ । गत मे देखि नै दुई समुदायबीच द्वन्द्व चर्किँदा २ सय जनाको मृत्यु भइसकेको छ भने हजारौं विस्थापित भएका छन् ।


प्रतिक्रिया