युक्रेनको ऊर्जा संरचनामा रुसको भीषण आक्रमण
मंसिर २, २०८१ | काठमाडौं
रुसले युक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । रुसी सेनाले विभिन्न ऊर्जा संरचनामा आतक्रमण गरेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जेलेन्स्कीका अनुसार रुसी सेनाले युक्रेनका सबै क्षेत्रमा १ सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रहार गरेको हो ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण थर्मल प्लान्टहरूमा ठूलो क्षति पुगेको जनाएको छ । डीटीईकेले आफ्नो ऊर्जा संरचनामा आठौं ठूलो आक्रमण भएको जनाएको छ । रुसले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
त्यसयता रुसी फौजले युक्रेनका ऊर्जा संरचनामा १ सय ९० पटकभन्दा बढी आक्रमण गरिसकेको छ । रुसी फौजले गरेका पछिल्ला आक्रमणले जाडो यामको आगमनसँगै ऊर्जा संकट उत्पन्न हुनसक्ने युक्रेनी अधिकारीहरूले चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।