अमेरिकामा पहिलो पटक एमपक्स संक्रमण पुष्टि

मंसिर २, २०८१ | काठमाडौं

अमेरिकामा पहिलो पटक एमपक्स संक्रमित भेटिएको छ । 

अमेरिकाको क्यालिफोर्नियामा पहिलो पटक एमपक्स संक्रमित भेटिएको त्यहाँको स्वास्थ्यविभागलाई उदृत गर्दे अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । संक्रमित व्यक्तीले पछिल्लो पटक अफ्रिकाको यात्रा गरेको बताईएको छ ।

 हालउनलाई घरमै आईसोलेसनमा राखीएको छ । पूर्वी र मध्यअफ्रिकामा एमपक्सले महामारी रुप लिएको छ । पछिल्लो समय अन्य मुलुकहरुमा पनि एमपक्स फैलदो क्रममा छ । 

अफ्रिकाबाट विश्वका अन्य मुलुकहरुमा पनि एमपक्स फैलन थालेपछि यो वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरेको थियो ।   


प्रतिक्रिया