डोनाल्ड ट्रम्पसँग काम गर्ने चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धता

मंसिर २, २०८१ | काठमाडौं

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको अन्तिम भेटमा आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पेरुमा आयोजित वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग अर्थात् एपेक शिखर सम्मेलनको अवसरमा सीले सो धारणा राख्नुभएको हो ।

अमेरिकासँग स्थिर सम्बन्ध कायम गर्ने लक्ष्य यथावत रहेको सीको भनाइ छ । भेटको अवसरमा दुवै राष्ट्र प्रमुखले पछिल्लो चार वर्ष सम्बन्धमा उतारचढाव आएको स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । यद्यपी, दुवैले व्यापार र ताइवान जस्ता मुद्दाहरूमा विवाद कम गर्ने तर्फ जोड दिएका छन् ।

आगामी जनवरी २० मा ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकी–चीन सम्बन्ध थप अस्थिर हुनसक्ने विश्लेषण भइरहेको छ । ट्रम्पले चुनावी अभियानको क्रममा चिनियाँ सामानको आयातमा ६० प्रतिशत सम्म कर लगाउने प्रतिबद्धता जनाएका थिए ।   


प्रतिक्रिया