इराकको जनसंख्या साढे ४ करोड नाघ्यो
मंसिर १०, २०८१
इराकको जनसंख्या साढे ४ करोड नाघेको छ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार इराकको जनसङ्ख्या ४ करोड ५४ लाख पुगेको इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इराकमा तीन दशकपछि राष्ट्रव्यापी सर्वेक्षण मार्फत नोभेम्बर २० मा जनगणना गरिएको थियो । यसबाट भविष्यको योजना र विकासको लागि महत्वपूर्ण कदम चाल्न मद्धत पुग्ने विश्लेषण गरिएको छ । जनगणना अघि, योजना मन्त्रालयले इराकको जनसंख्या ४ करोड ३० लाख अनुमान गरेको थियो । सन् १९९७ मा गरिएको जनगणनाले १९९१ खाडी युद्धदेखि कुर्द प्रशासनको अधीनमा रहेको इराकी कुर्दिस्तान क्षेत्रलाई समावेश गरेको थिएन ।