टिकटक प्रतिवन्धमाथिको फुकुवा अझै लम्बिन सक्ने ट्रम्पको भनाई

फाल्गुन २, २०८१ | काठमाडौं
अमेरिकामा चर्चित भिडियो शेयरिङ एप टिकटकमा लगाइएको प्रतिवन्धमाथिको फुकुवा अझै लम्बिन सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले गत जनवरी २०मा पदभार ग्रहण गरेसंगै ७५ दिनका लागि टिकटक संचालनमा लगाइएको प्रतिवन्ध फुकुवा गर्नुभएको थियो ।
गत नोभेम्बरमा भएको निर्वाचनमा आफुलाई जिताउन सहयोग गरेका कारण अझै संचालन अनुमति दिन सकिने उहांको भनाई छ ।
युवा मतदातामाझ आफ्ना चुनावी एजेण्डा पु¥याउन टिकटक विना पूर्वाग्रही भएको समेत ट्रम्पको भनाई छ ।
यस्तै, चीनका राष्ट्रपति सी चीनफिङले अमेरिकी कम्पनीलाई टिकटक बेच्न सहयोग गर्ने अपेक्षा रहेको ट्रम्पको भनाई छ ।