अमेरिकामा आजबाट क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लाग्ने

फाल्गुन २०, २०८१ | काठमाडौं
अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर वृद्धि गर्ने भएको छ ।
यसअघि गत महिना कर वृद्धि गर्नेबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपनि क्यानडा र मेक्सिकोको सिमानामा हुने गरेको लागूऔषध र गैरकानूनी आप्रवासी गतिविधि नियन्त्रण गर्ने सहमति पश्चात एक महिनापछि धकेलिएको थियो । यस्तै, क्यानडाबाट आयात हुने ऊर्जामा १० प्रतिशत कर वृद्धि गरिने राष्ट्रपति ट्रम्पको भनाइ छ ।
उता, चीनबाट आयात हुने वस्तुमा यसअघि वृद्धि गरिएको १० प्रतिशत करलाई पुनः बढाएर २० प्रतिशत पु¥याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कर वृद्धि गरिएको विषयप्रति राष्ट्रपति ट्रम्पले विदेशी मुलुकले अमेरिकी भूमिमा उत्पादन गरेमा कर छुट दिइने समेत बताउनुभएको छ ।
अमेरिकी वस्तु निर्यातमा कर लिने मुलुकमाथि समेत प्रतिक्रियात्मक कदम चालिने उहाँको भनाइ छ । व्यापारमा समान रुपमा व्यवहार गर्ने ट्रम्प प्रशासनले नीति लिएको छ।