पहलगाम घटनाको बदला लिँदै भारतः ‘पाकिस्तानमा अप्रेशन सिन्दूर’ आक्रमण, १० जनाको मृत्यु

वैशाख २४, २०८२
जम्मु–कश्मीरको पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । आज बिहान गरिएको आक्रमणमा अहिलेसम्म दुवै क्षेत्रमा गरेर ३६ जना मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानी पक्षमा २६ र भारतीय पक्षमा १० जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।
‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर हवाई आक्रमण गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । बिहान पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गरिएको हो ।
न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ । पाकिस्तानका जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको छ ।