बेलायत र भारतबीच व्यापार सम्झौता

वैशाख २३, २०८२

बेलायत र भारतले एउटा व्यापार सम्झौतामा सहमति जनाएका छन् । सम्झौतासँगै बेलायती फर्महरूलाई भारतमा ह्विस्की, कार र अन्य उत्पादनहरू निर्यात गर्न सजिलो बनाउने र भारतको कपडा र जुत्ता निर्यातमा कर घटाउने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीन वर्षसम्मको वार्तापछि सो सम्झौता भएको हो । 

बेलायत सरकारले अध्यागमन नीतिमा कुनै परिवर्तन समावेश नगरेको बताएको छ । जसमा बेलायतमा अध्ययनरत भारतीय विद्यार्थीहरूको हकमा पनि समावेश छ । प्रधानमन्त्री केयर स्टारमरले यसलाई एउटा ऐतिहासिक सम्झौता को रूपमा व्याख्या गर्नु भएको छ ।

गत वर्ष बेलायत र भारत बीचको व्यापार जम्मा ४१ अर्ब रुपैयाँ थियो । सम्झौताले २०४० सम्ममा प्रति वर्ष थप साढे २५ अर्बले व्यापार बढाउने अपेक्षा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झौतालाई महत्वाकांक्षी र पारस्परिक रूपमा लाभदायक रहेको ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गर्नु भएको छ । 


प्रतिक्रिया