युद्धविराम तयारीकाबीच गाजामा इजरायलको हवाई आक्रमण, १ सय बढीको मृत्यु

जेष्ठ ४, २०८२
मध्यस्थकर्ताले इजरायल र हमासबीच युद्धविराम गर्न वार्ता गरिरहेको बेला इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा परि कम्तीमा १ सय प्यालेस्टीनी मारिएका छन् ।
इजरायली सेनाले सो क्षेत्रमा गए राति आक्रमण गरेको त्यहाँका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो क्रममा १ सय बढि नागरिकले ज्यान गुमाएको गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दावी गरेका छन् । सो घटनाबारे इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन ।
यद्यपि, इजरायली सेनाले गाजामा आक्रमण तीव्र पारिरहेको छ । इजरायलले मार्चको सुरुदेखि नै गाजामा स्वास्थ सेवा, खाद्य र इन्धनको आपूर्ति रोक्दै हमासलाई आफ्ना बन्धकको रिहाइका लागि दबाब दिइरहेको छ ।